आइतबार भएको प्रतिनिधि सभा निर्वाचनको मत परिणाम जारी छ ।
अहिलेसम्म आएको मत परिणामलाई आधार मान्ने हो भने यसपटक नेपाली कांग्रेस सबैभन्दा ठूलो पार्टी बन्ने देखिएको छ ।
कांग्रेसले प्रतिनिधि सभाको एक सिटमा जित निकालिसकेको छ ।
कांग्रेस अहिले गणना भइरहेको क्षेत्रमा ३९ क्षेत्रमा अगाडि देखिएको छ । त्यहाँ उसले अग्रता पाउँदा नेकपा एमालेले अहिले २४ सिटमा अग्रता पाएर कांग्रेसलाई पछ्याइरहेको छ ।
यो प्रारम्भिक रुझान हेर्ने हो भने एमाले दोस्रो पार्टी बन्ने देखिन्छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।