फिफा विश्वकपमा उपाधि दाबेदार इंग्ल्याण्डले विजयी सुरूवात गरेकाे छ । उसले समूह 'बी' अन्तर्गत आज सम्पन्न खेलमा इरानलाई ६-२ ले हराउँदै विजयी सुरूवात गरेकाे हाे ।
खालिफा अन्तर्राष्ट्रिय मैदानमा इंग्ल्याण्डलाई फराकिलाे जित दिलाउन बुकायाे साकाले दुई तथा जुड वेलिङ्घम, रहिम स्ट्रर्लिङ,मार्कुश रासफाेर्ड र ज्याक ग्रेलिसले एक/ एक गाेल गर्दा इरानका लागि दुवै गाेल मेहदी तेरेमीले गरे ।
खेलको ३५ औँ मिनेटमा वेलिङ्घमले गोल गर्दै इंग्ल्याण्डलाई अग्रता दिलाएका थिए । देशका लागि याे उनकाे पहिलाे गाेल हाे । ४३ औं मिनेटमा साकाले टाेलीकाे अग्रता दाेब्बर बनाए । पहिलो हाफको थप गरिएकाे समयमा स्ट्रर्लिङले गोल गर्दा इंग्ल्याण्डले ३-० काे अग्रता लियाे ।
६१ औं मिनेटमा साकाले व्यक्तिगत दोस्रो तथा टाेलीका लागि चाैथाे गाेल गरे । ६५ औं मिनेटमा तेरेमीले खेललाई ५-१ काे स्थितिमा ल्याए । ७१ औं मिनेटमा रासफाेर्डले गाेल गर्दा इंग्ल्याण्ड ५-१ले अघि बढ्याे । ८९ औं मिनेटमा ग्रेलिसले गाेल गर्दै टाेलीलाई ६-१ काे अग्रता दिलाए।
दोस्रो हाफकाे थप गरिएकाे समयमा तेरेमीले पेनाल्टीमार्फत व्यक्तिगत दोस्रो गाेल गरेपछि इंग्ल्याण्डले ६-२ काे जित निकाल्याे । याे जितसँगै इंग्ल्याण्डले तीन अंक जाेड्दा इरानले हारबाट विश्वकपकाे सुरूवात गरेकाे छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।