कैलाली निर्वाचन–३ मा नागरिक उन्मुक्ति पार्टीले सुरुदेखिको अग्रता कायमै राखेको छ । पछिल्लो मतपरिणाम अनुसार नागरिक उन्मुक्ति पार्टीका प्रतिनिधि सभा सदस्य उम्मेदवार गंगा चौधरीले आफ्नो अग्रता कायमै राखेका हुन् ।
निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको मत परिणामअनुसार ३६ हजार १६६ मत गणना हुँदा चौधरी १२ हजार ६८ मतका साथ शीर्ष स्थानमा छन् ।
उनलाई वाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका उम्मेदवार कृष्णकुमार चौधरीले पछ्याइरहेका छन् । उनले १० हजार १६४ मत प्राप्त गरेका छन् ।
नेकपा एमालेका उम्मेदवार गौरीशंकर चौधरी ६ हजार ६८८ मतका साथ तेस्रो स्थानमा छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।