सिन्धुपाल्चोक–१ मा एमाले र २ मा कांग्रेसको अग्रता

आइतबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनअन्तर्गत सिन्धुपाल्चोकको क्षेत्र नम्बर १ मा नेकपा (एमाले) ले अग्रता लिएको छ । सो पार्टीका उम्मेदवार सरेश नेपालले ३ हजार ८५ मत प्राप्त गरेका छन् ।

लोकतान्त्रिक वाम गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र) का उम्मेदवार माधव सापकोटाले २ हजार ९ सय १ मत प्राप्त पछ्याइरहेका छन् ।

प्रदेशसभामा ‘१’ मा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका मसिना खड्काको अग्रता रहेको छ । उनले २ हजार १ सय ३९ मत पाएकी छन् ।  उनका निकटतम प्रतिस्पर्धी एमालेका युद्धविक्रम तामाङले १ हजार ९ सय २१ मत ल्याएका छन् । 

सिन्धुपाल्चोक–२ मा कांग्रेसको अग्रता

सिन्धुपाल्चोक क्षेत्र नम्बर २ मा कांग्रेसको अग्रता कायमै रहेको छ । यहाँ लोकतान्त्रिक वाम गठबन्धनका तर्फबाट कांग्रेसका उम्मेदवार मोहन बस्नेतले अग्रता कायम गरेका हुन् ।

जारी मतगणनामा बस्नेतले ३ हजार १ सय ७५ मत प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी एमालेका शेरबहादुर तामाङले १ हजार ८ सय ७५ मत ल्याएका छन् । 





  • प्रकाशित मिति : मंसिर ६, २०७९ मंगलबार ९:१२:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया