काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका गगन थापा विजयी भएका छन् । नेकपा एमालेका राजन भट्टराईलाई भारी मतान्तरले हराउँदै उनी विजयी भएका हुन् ।
यद्यपि ओपचारिक घोषणा हुन भने बाँकी छ । अहिलेसम्म यस क्षेत्रमा ४३ हजार ३ सय ९६ मतको गणना सकिएको छ । यो निर्वाचन क्षेत्रमा ४८ हजार ८५९ मत खसेको छ ।
अब ५ हजार ४ सय ६३ मत गन्न बाँकी छ । अहिलेसम्म गगनको अग्रता ६ हजार ८३४ पुगिसकेको छ । अहिलेसम्मको गणनामा गगनले २० हजार ४१७ मत प्राप्त गरेका छन् ।
त्यस्तै, एमालेका भट्टराईको १३ हजार ३२ मत ल्याएका छन् । त्यस्तै, राप्रपाले ३ हजार ६ सय ९३ र लौरोको ११ सय ३३ मत पाएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।