कैलाली–४ मा बलायरसँग मतान्तर बढाउँदै लेखराज भट्ट

कैलाली क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा उम्मेदवार लेखराज भट्टले मतान्तर बढाउँदै लगेका छन् । जिल्लाको गोदावरी नगरपालिका–१ मा मतगणना जारी रहँदा २३८ मतले भट्टले अग्रता लिएका हुन् ।

चुरे र मोहन्यालको मतगणना गर्दा २१ मतले अगाडि रहेका भट्टले गोदावरीमा गतगणना गर्दा मतान्तर बढाएका हुन् । अहिले गोदावरी–८ र ९ को मतगणना सकिएको छ । अहिले वडा नम्बर १ को मगतणना जारी रहेको छ । 

गोदावरी नगरपालिका भट्टको गृहपालिका पनि हो । पछिल्लो मतपरिणामअनुसार ८ हजार ५७ मत ल्याएका छन् । त्यस्तै, उनलाई पछ्याइरहेका कांग्रेसका बलायरले ७ हजार ४ सय २५ मत ल्याएका छन् । 

उनीहरूबीच ६ सय ३२ मतान्तर रहेको छ ।  





  • प्रकाशित मिति : मंसिर ६, २०७९ मंगलबार १३:१७:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया