कैलाली क्षेत्र नम्बर ३ मा रेशम चौधरीको पार्टी नागरिक उन्मुक्ति विजयी भएको छ । मंगलबार सकिएको मतपरिणामअनुसार नागरिक उन्मुक्ति पार्टी गंगा चौधरीले २३ हजार १२० मत ल्याउँदै विजयी भएका हुन् ।
उनका प्रतिस्पर्धी बाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट माओवादी केन्द्रका उम्मेदवार कृष्णकुमार चौधरीले १७ हजार ७४९ मत पाएका छन् ।
राप्रपाका वीरेन्द्र बमले ६ हजार ३४२ र नेकपा एमालेका गौरीशंकर चौधरीले ९ हजार ८७४ मत पाएका छन् । यहाँ ६३ हजार ४४० मत खसेको थियो । जसमध्ये ५९ हजार ७१९ सदर भएको छ ।
त्यस्तै, ४ हजार २१ मत बदर भएको छ । नागरिक उन्मुक्ति पार्टी कैलालीमा अन्य दुई क्षेत्रमा पनि जितको नजिक छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।