सप्तरीको निर्वाचन क्षेत्र नम्बर–२ मा प्रतिनिधिसभातर्फ जनमत पार्टीका अध्यक्ष डा. सिक राउतले सुरुदेखि नै फराकिलो अग्रता जारी राखेका छन् ।
उनले जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवलाई दोब्बरभन्दा बढी मतले पछाडि पारेका छन् । त्यहाँ राउत विजयी हुने सम्भावना बलियो बनेको छ ।
राउत १५ हजार ५८३ मतसहित अग्रस्थानमा रहेका छन् । जसपा अध्यक्ष यादवले ७ हजार ७११ मत मात्र पाएका छन् ।
लोसपाका जयप्रकाश ठाकुर भने ३ हजार १९२ मतसहित तेस्रो स्थानमा छन् । सप्तरी–२ मा अहिलेसम्म २७ हजार ९४ मत सदर हुँदा १ हजार ४३२ मत बदर भएको छ ।
त्यहाँ ९५ हजार ३९४ मतदातामध्ये ६४ हजार ५६० अर्थात् ६७ दशमलव ९७ प्रतिशतले मत खसालेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।