मकवानपुर–१ मा कांग्रेसकी डीनाको अग्रता कायमै, पछ्याउँदै कमल थापा

प्रतिनिधिसभा निर्वाचअन्तर्गत मकवानपुर–१ मा नेपाली कांग्रेसकी महालक्ष्मी उपाध्याय डीनाले अग्रता कायमै राखेकी छन् । पछिल्लो अपडेटअनुसार १५ हजार १ सय ४९ मतगणना हुँदा उनले ६ हजार ९ सय ५२ मत प्राप्त गरेकी छन् । 

उनलाई पछ्याइरहेका नेकपा एमालेतर्फका उम्मेदवार रहेका कमल थापाले ४ हजार ८ सय ४ मत ल्याएका छन् । थापा र डीनाबीच २ हजार १ सय ४८ मतान्तर रहेको छ । 

त्यस्तै, राप्रपाका उम्मेदवार दीपकबहादुर सिंहले १ हजार ८ सय ९ मत प्राप्त गरेका छन् ।  





  • प्रकाशित मिति : मंसिर ६, २०७९ मंगलबार १४:५:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया