महोत्तरी ३ मा महन्थ ठाकुरभन्दा दाेब्बर मतले अगाडि स्वतन्त्र उम्मेदवार कापर

 
महाेत्तरी क्षेत्र नं ३ मा स्वतन्त्र उम्मेदवार रामआधार कापरले लाेसपाका अध्यक्ष महन्थ ठाकुरलाइ झण्डै दाेब्बर मतले पछि पारेका छन् । कापरले २८९३ मत ल्याउँदा महन्थ ठाकुरले १५४५ मात्र ल्याएका छन् ।
 
साे क्षेत्रमा जसपाका हरिनारायण यादव तेस्राे स्थानमा छन् । उनले १३२७ मत ल्याएका छन् । 

क्षेत्र ३ 'क' मा लोसपाका अभिराम शर्मा २२२२ मतका साथ अग्र स्थानमा छन् भने जसपाका दीपेन्द्र झा २११२ मतका साथ उनलाइ पछ्याइरहेका छन् । 

क्षेत्र ३ 'ख'मा स्वतन्त्र उम्मेदवार उज्ज्वल झाले अग्रता लिएका छन् । उनले १७३० मत ल्याउँदा एमालेका रामदयाल मण्डल ९०६ मतका साथ दाेस्राे र लोसपाकी रानी शर्मा तिवारी ७८२ मतका साथ तेस्राे स्थानमा छन् । 

क्षेत्र ४ को प्रतिनिधिसभाको १८२३ मत गणना हुँदा कांग्रेसका महेन्द्र कुमार राय ८९१ मतका साथ अगाडि छन् । जनमत पार्टीका मनोजकुमार साह ३५६ मतका साथ दाेस्राे र जसपाका सुरेन्द्रकुमार यादव २९६ मतका साथ तेस्राे स्थानमा छन् ।  





  • प्रकाशित मिति : मंसिर ६, २०७९ मंगलबार १५:४०:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया