बझाङमा पनि मतगणना सुरु

बझाङमा आजबाट मतगणना सुरु भएको छ । मंगलबार बिहान साइपाल गाउँपालिकाको मतपेटिका हेलिकाेप्टरबाट ढुवानी भएपछि आज दिउँसो ३ बजेबाट बझाङ जिल्लामा पनि मतगणना सुरु भएको हो । 

मुख्य निर्वाचन अधिकृतको कार्यालयमा केहीबेरअघिबाट मतगणना सुरु गरिएको मुख्य निर्वाचन कार्यालयका मुख्य निर्वाचन अधिकृत नन्दकिशोर प्रसाद यादवले जानकारी दिए । 

बझाङबाट प्रतिनिधि सभाका लागि नेकपा एमालेका ऐन महर, सत्ता गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका स्थायी कमिटी सदस्य भानुभक्त जोशी, राष्ट्रिय स्वतन्त्र पार्टीका प्रेमराज जोशी, राप्रपाबाट विश्वप्रकाश जेठारा उम्मेदवार छन् ।
 
अहिले बझाङमा प्रतिनिधिसभाको प्रत्यक्ष तर्फकाे मतगण्ना ८ ठाउँमा र प्रदेशसभाको मतगणना दुई ठाउँमा सञ्चालन भइरहेको मुख्य निर्वाचन अधिकृत यादवले जानकारी दिए ।





  • प्रकाशित मिति : मंसिर ६, २०७९ मंगलबार १६:११:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया