मकवानपुर २ मा एमालेका बर्तौला अघिअघि,  पछ्याउँदै एकीकृत समाजवादीका खतिवडा

मकवानपुर क्षेत्र नम्बर २ मा १८ हजार २५८ मतगणना भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय अनुसार १८ हजार २५८ मतगणना हुँदा नेकपा एमालेका उम्मेदवार महेशकुमार बर्तौलाले ७ हजार १७० मतसहित अग्रता कायम राखेका छन् ।

यसैगरी नेकपा एसका विरोध खतिवडा ६ हजार ९४६ मतसहित दोस्रो स्थानमा रहेका छन् । सोही क्षेत्रमा राष्ट्रिष्य स्वतन्त्र पार्टीका भरत पराजुली २ हजार ४२९ मतसहित तेस्रो स्थानमा रहेका छन् ।

यहाँ हालसम्मको मतगणनामा ९१७ मत बदर भएको पनि कार्यालयले जनाएको छ । मतगणना जारी रहेको छ । 





  • प्रकाशित मिति : मंसिर ६, २०७९ मंगलबार १६:४१:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया