काठमाडौं ९ मा एमालेका कृष्णगोपाल श्रेष्ठ विजयी

काठमाडौं निर्वाचन क्षेत्र नं ९ मा एमालेका नेता कृष्णगोपाल श्रेष्ठ विजयी भएका छन् । उनी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार टेकबहादुर पोखरेललाई ९ सय ९५ मतले पछि पार्दै विजयी बनेका छन् । 

श्रेष्ठ ११ हजार ९ सय ५६ मत ल्याएर विजयी भएका छन् भने उनका निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका टेकबहादुर पोखरेलले १० हजार ९ सय ६१ मत ल्याएका थिए । काठमाडौं क्षेत्र नम्बर ९ मा ४३ हजार ६७ मत खसेको थियो ।

गठबन्धनबाट उम्मेदवार भएकी माओवादी केन्द्रकी कल्पना धमलाले 
जम्मा ६ हजार ४ सय २ मत पाएकी छिन् । 

श्रेष्ठले यसअघि २०४८, २०५१, २०७४ मा पनि विजय हासिल गरेका थिए । यस निर्वाचनमा विजयी भएलगत्तै श्रेष्ठले मदन भण्डारीकाे सालिकमा गएर माल्यार्पण गरेका छन् ।
 





  • प्रकाशित मिति : मंसिर ६, २०७९ मंगलबार १७:२४:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया