रुपन्देहीका पाँचै क्षेत्रमा सत्ता गठबन्धनको अग्रता निल

आम निर्वाचनको मतगणना अहिले जारी छ । 

निकै चासोका साथ हेरिएका जिल्लामध्ये एक हो, रुपन्देही । नेपाली कांग्रेसका नेता तथा गृहमन्त्री बालकृष्ण खाँणदेखि नेकपा एमाले छाडेर स्वतन्त्र उम्मेदवारी दिएका घनश्याम भुसालसम्म प्रतिस्पर्धी छन् यो जिल्लामा । तर, यो जिल्लामा सत्ता गठबन्धनको जारी मतगगणनामा कुनै पनि क्षेत्रमा अग्रता छैन ।

५ क्षेत्र रहेको रुपन्देहीको एक नम्बर क्षेत्रमा नेकपा एमालेका छविलाल विश्वकर्माले अग्रता लिएका छन् ।

त्यहाँ उनलाई पछ्याएका छन्, घनश्याम भुसालले । सत्ता गठबन्धनको साथ पाएका भुसालले १९६४ मत ल्याउँदा छविलाले २५४२ मत ल्याएका छन् ।

रुपन्देही क्षेत्र नम्बर २ मा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई पछाडि पारेका छन्, राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेलले ।
 

गणेशशले ४१६९ मत ल्याउँदा विष्णु पौडेलले ४०६९ मत ल्याएका छन् ।



रुपन्देहीको क्षेत्र नम्बर तीनमा गृहमन्त्रीसमेत रहेका कांग्रेस नेता बालकृष्ण खाँणलाई पछाडि पारेका छन्, राप्र्रपाका दीपक बोहराले । बोहोराले ६३७३ मत ल्याउँदा बालकृष्ण खाँणले ५ हजार १ सय २४ मत ल्याएका छन् ।

रुपन्देही क्षेत्र नम्बर ४ मा सर्वेन्द्रनाथ शुक्ला अगाडि देखिएका छन् । लोसपाका शुक्लाले ५३८४ मत ल्याउँदा नेपाली कांग्रेसका प्रमोदकुमार यादवले ४०३९ मत ल्याएका छन् ।



रुपन्देही ५ नेपाली कांग्रेसभन्दा अगाडि छ, नेकपा एमाले । त्यहाँ नेकपा एमालेका वासुदेव घिमिरेले ११०५५ मत ल्याउँदा नेपाली कांग्रेसका भरतकुमार शाहले ८ हजार ५ सय २० मत ल्याएका छन् ।

  • प्रकाशित मिति : मंसिर ६, २०७९ मंगलबार १८:२९:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया