सुर्खेत–२ मा कांग्रेस नेता थानी तीन हजार १९० मतले अगाडि

सुर्खेत जिल्ला प्रतिनिधि सभा क्षेत्र नं २ (प्रत्यक्ष) तर्फ नेपाली कांग्रेसका हृदयराम थानी तीन हजार एक सय ९० साथ अगाडि छन् । नेता थानीले १८ हजार सात सय ७८ मत ल्याउदा निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेद्वार अमृत बहादुर बुढाक्षेत्रीले १५ हजार पाँच सय ८८ मत ल्याएका छन् ।

यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका टेकबहादुर चुनाराले दुई हजार तीन सय ६, राष्ट्रिय प्रजातन्त्र पार्टीका भीमबहादुर शाहीले एक हजार पाँच सय ५२, जनता समाजवादी पार्टी–नेपालका दीपबहादुर नेपालीले दुई सय ४९ मत ल्याएका छन् । 

राष्ट्रिय प्रजातन्त्र पार्टी–नेपालका वीरेन्द्राकुमारी चन्दले एक सय ८३, नेपाल मजदुर किसान पार्टीका तुल्छी खड्काले एक सय ४३, नेपाल कम्युनिष्ट पार्टी माओवादी समाजवादीका टेक्मल दमाईले ३९ र नेश्नलिष्ट पिपल्स पार्टीका कुमारी राईले २७ मत ल्याएका छन् ।





  • प्रकाशित मिति : मंसिर ६, २०७९ मंगलबार १८:४५:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया