नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले रूपन्देही २ मा पहिलोपटक अग्रता लिएका छन् ।
मतगणनाको सुरूवातदेखि पछाडि परेका पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेललाई पछि पार्दै अग्रता लिएका हुन् । विष्णु पौडेलले ५ हजार ३ सय ११ मत ल्याएका छन् भने रास्वपाका गणेश पौडेलले ५ हजार १ सय ३६ मत ल्याएका छन् ।
जनमुक्ति पार्टीका केशवबहादुर थापा मागरले ४ हजार ११ मत ल्याएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।