कतारमा जारी फिफा विश्वकपमा डेनमार्क र ट्युनिसियाले बराबरी खेलेका छन् । उनीहरूले समूह ‘डी’ अन्तर्गत आज सम्पन्न खेलमा गोलरहित बराबरी खेलेका हुन् ।
दोहाको एजुकेसन सिटी स्टेडियममा भएको निकै प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले पाएको अवसरलाई सदुपयोग गर्न सकेनन् ।
खेलको २२औं मिनेटमा ट्युनिसियाका इसाम जेबालीले गोल गरे पनि अफसाइड हुँदा त्यसले मान्यता पाएन ।
५५औं मिनेटमा डेनमार्कका आन्द्रेस स्कोभ ओल्सेनको गोलले पनि अफसाइडका कारण मान्यता पाउन सकेन ।
यो बराबरीसँगै दुवै टोलीले एकएक अंक बाँडेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।