काठमाडौं ३ मा कांग्रेसका चालिसे निर्वाचित

काठमाडौं क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका सन्तोष चालिसे निर्वाचित भएका छन्।चालिसे नेकपा एमालेका कृष्णबहादुर राईलाई झन्डै चार हजार मतले पछि पार्दै विजयी भएका हुन् । 

निर्वाचन आयोगका अनुसार चालिसेले १५१५८ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका कृष्णबहादुर राईले १११९६ मत ल्याएका छन्। उनीहरूबीच ३९६२ को मतान्तर छ। 

अघिल्लो चुनावमा राई यही क्षेत्रबाट निर्वाचित भएका थिए। चालिसे गोकर्णेश्वर नगरपालिकाका पूर्वमेयर हुन् । 

राष्ट्रिय स्वतन्त्र पार्टीका दुर्गाविक्रम थापा क्षत्री ५८६५ मत ल्याएर तेस्रो स्थानमा रहे । 





  • प्रकाशित मिति : मंसिर ६, २०७९ मंगलबार २३:४१:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया