नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा साताैं पटक सांसद निर्वाचित

नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा सातौं पटक सांसद निर्वाचित भएका छन् ।

उनले यसपटक सांसद निर्वाचित हुँदा आफ्ना निकटतम प्रतिस्पर्धीलाई १२ हजार ४९२ मतले पछाडि पारेका छन् ।

निर्वाचन आयोगले दिएको पछिल्लो जानकारीअनुसार देउवाले २५ हजार ५३४ मत प्राप्त गरेका छन् । 

उनका निकटतम प्रतिस्पर्धी रहेका सागर ढकालले १३ हजार ४२ मत पाए ।

डडेलधुराबाटै प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दिएका नेपाली कांग्रेस बीपीका कर्णबहादुर मल्लले ७ हजार ५ सय ३५ मत पाएका छन् । उनलाई त्यहाँ नेकपा एमालेले पनि समर्थन गरेको थियो ।

देउवाले यसअघि ०४८, ०५१, ०५६, ०६४, ०७० र ०७४ मा डडेलधुराबाट निर्वाचन जितेका थिए । 





  • प्रकाशित मिति : मंसिर ७, २०७९ बुधबार ६:७:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया