प्रतिनिधि सभामा राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि खाता खोलेको छ ।
प्रतिनिधि सभामा बाँके क्षेत्र नम्बर २ बाट धवल शमशेर राणा विजयी भएका हुन् । निर्वाचन आयोगले दिएको तथ्यांकअनुसार उनले जितका लागि २९ हजार ५७७ मत प्राप्त गरे ।
उनका निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टीका मोहम्मद इश्तियाक राईले २३ हजार ५ सय २० मत ल्याए । यो क्षेत्रबाट नेपाली कांग्रेसका उम्मेदवार सुदीपनरसिंह राणाले ४ हजार ४०३ मत पाए ।
राणा पहिले नेपालगन्जका मेयर थिए । त्यसैले उनी उक्त क्षेत्रमा निकै चर्चित थिए । यसअघिको निर्वाचनमा यो क्षेत्रबाट राईले जित हासिल गरेका थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।