फिफा विश्वकपमा फ्रान्सको विजयी सुरूवात

साबिक विजेता फ्रान्सले फिफा विश्वकपमा विजयी सुरुवात गरेको छ । उसले समूह`डी´अन्तर्गत गएराति सम्पन्न खेलमा अस्ट्रेलियालाई ४-१ ले हराउँदै विजयी सुरूवात गरेकाे हाे ।

कतारकाे दोहास्थित अल जनुब स्टेडियममा फ्रान्सलाई सहज जित दिलाउन  ओलिभर जिरुडले दुई तथा एड्रिन राबिओट र केलियन एम्बाप्पेले एक/ एक गोल गर्दा अस्ट्रेलियाका लागि क्रेग गुडविनले एक गोल गरे ।

खेलमा सुरूवाती अग्रता भने अस्ट्रेलियाले लिएकाे थियाे । खेलको नवौं मिनेटमा गुडविनले गोल गर्दै टाेलीलाई सुरुवाती अग्रता दिलाएका थिए ।

 २७ औं मिनेटमा राबिओटले फ्रान्सलाई १-१ को बराबरीमा ल्याए । ३२ औं मिनेटमा जिरुडले गोल गर्दै पहिलाे हाफमा टाेलीलाई  २-१ को अग्रता दिलाए ।

६८ औं मिनेटमा एम्बाप्पेले गोल गर्दा फ्रान्स ३-१ ले अघि बढ्याे ।  ७१ औं मिनेटमा जिरुडले व्यक्तिगत दोस्रो गोल गरेपछि फ्रान्सले ४-१ को सहज जित निकाल्याे ।

याे जितसँगै फ्रान्सले तीन अंक जाेड्दा अस्ट्रेलियाले हारबाट प्रतियाेगिताकाे सुरूवात गरेकाे छ ।



विश्वकपअन्तर्गतकै समूह`सी´काे खेलमा पाेल्याण्ड र मेक्सिकाेले गाेलरहित बराबरी खेलेका छन् ।
 



  • प्रकाशित मिति : मंसिर ७, २०७९ बुधबार ६:४६:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया