काठमाडौं क्षेत्र नं. ७ को प्रदेशसभा (ख) मा नेकपा (एमाले) का प्रकाश श्रेष्ठ विजयी भएका छन् ।
आइतबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको आज बिहान सम्पन्न प्रदेशसभा (ख) को मतगणनामा एमालेका श्रेष्ठले ५ हजार २ सय १८ मत प्राप्त गरे ।
त्यस्तै, नेपाली कांग्रेसका उम्मेदवार सविन तामाङले ५ हजार १ सय ३७ र राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार लालकुमार लामाले २ हजार ७ सय ९७ मत ल्याएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।