फिफा विश्वकपमा आज पनि चार खेल

कतारमा जारी फिफा विश्वकपमा आज चार खेल हुँदै छन् । आज समूह ‘इ’ र ‘एफ’ को समान दुई खेल हुन लागेका हुन् । आज हुने पहिलो खेलमा गत संस्करणकाे उपविजेता क्राेएसियाले  माेरक्काेसँग प्रतिस्पर्धा गर्नेछ ।

यी दुईबीचको खेल नेपाली सययअनुसार दिउँसो ३:४५ बजे सुरु हुनेछ । समूह ‘एफ’ मा रहेका क्रोएसिया र माेरक्काे अल बायत स्टेडियममा जित निकाल्दै सुखद सुरुवात गर्न चाहन्छन् ।  

समूह ‘एफ’ अन्तर्गतकै अर्को खेलमा उपाधि दाबेदार बेल्जियमले क्यानडाको सामना गर्नेछ  । यो खेल राति १२:४५ बजे सुरु हुनेछ । दुवै टोली अहमद बिन अली (अल रायन) स्टेडियममा जित हात पार्दै विश्वकपमा विजयी सुरुवात गर्ने सोचमा छन् ।

साँझ ६ः४५ मा समूह ‘ई’ अन्तर्गत हुने खेलमा उपाधि दाबेदार जर्मनीले जापानकाे सामना गर्द‌ैछ । खलिफा अन्तर्राष्ट्रिय रंगशालामा दुवै टाेली जित निकाल्दै सुखद सुरुवात गर्ने साेचमा छन् । 

राति ९:४५ बजे हुने समूह ‘इ’ कै अर्को खेलमा स्पेन र काेस्टारिका आमने सामने हुँदैछन् । दुवै टाेली अल थुमामा स्टेडियममा जितका साथ प्रतियोगिताको सुरुवात गर्न चाहन्छन् ।





  • प्रकाशित मिति : मंसिर ७, २०७९ बुधबार ७:३८:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया