जाजरकोट (क) मा कांग्रेसका राजीव विक्रम शाह निर्वाचित

जाजरकोट प्रदेश सभा (क) मा नेपाली कांग्रेसका राजीव विक्रम शाह निर्वाचित भएका छन् । आज बिहान गरिएको अन्तिम मतगणनाअनुसार शाहले १६ हजार ४० मत प्राप्त गरे । 

शाहका प्रतिस्पर्धी नेकपा एमालेका खीमबहादुर शाहीले १० हजार ५ सय ३० मत ल्याए । उनीहरूबीच ५ हजार ५१० मतान्तरको फरक छ । 

शाह ०७४ मा माओवादी नेता शक्ति बस्नेतसँग पराजित भएका थिए ।  





  • प्रकाशित मिति : मंसिर ७, २०७९ बुधबार ८:२३:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया