रूपन्देही–४ (क) मा लोसपाका कन्हैया बनिया विजयी

रूपन्देही क्षेत्र नम्बर ४ (क) मा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का कन्हैया बनिया निर्वाचित भएका छन् ।

बनियाले १५ हजार १ सय ३७ मत ल्याएर विजयी भएको निर्वाचन अधिकृत देवेन्द्र आचार्यले जानकारी दिए । उनका निकटतम् प्रतिस्पर्धी जनमत पार्टीका जितेन्द्रनाथ शुक्लले ९ हजार २ सय ५३ मत पाए । 

नेपाली कांग्रेसका अष्टभुजा पाठलले ८ हजार २७ मत ल्याए । २०७४ को पहिलो प्रदेश सभा निर्वाचनमा कांग्रेसबाट पाठक निर्वाचित भएका थिए ।





  • प्रकाशित मिति : मंसिर ७, २०७९ बुधबार ९:११:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया