सिन्धुपाल्चोक–१ (क) मा नेपाली कांग्रेसका उम्मेदवार मसिना खड्का भण्डारी विजयी भएकी छन् । जिल्ला निर्वाचन अधिकारी विकास रिजालका अनुसार उनले नेकपा (एमाले) का उम्मेदवार युद्धविक्रम तामाङलाई पराजित गरिन् ।
खड्काले १४ हजार छ सय ५२ मत ल्याइन् । उनका निकटतम् प्रतिस्पर्धी युद्धविक्रम तामाङले १३ हजार ४ सय ९० मत ल्याए । १ हजार १ सय ६२ मतले खड्काले निर्वाचन जितेकी जिल्ला निर्वाचन कार्यालय सिन्धुपाल्चोकका निर्वाचन अधिकारी रिजालले जानकारी दिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।