कर्णालीमा एमालेले प्रदेश सभामा खोल्यो खाता

कर्णाली प्रदेशमा प्रदेश सभातर्फ नेकपा एमालेले पहिलो सिट जितेकाे छ । उसले जुम्लाको प्रदेश (ख) बाट खाता खोलेको हो ।

यहाँ नेकपा एमालेका टेकराज पछाई विजयी भए । एमाले कर्णाली प्रदेश कमिटीका उपसचिवसमेत रहेका पछाईले गठबन्धनबाट उम्मेदवार बनेका नेकपा (एकीकृत समाजवादी) का पदमबहादुर रोकायालाई हराए । 

पछाईले ७ हजार ८१५ मतसहित प्रदेश सभा सदस्यमा जितेका हुन् । समाजवादीका रोकायाले ६ हजार ७२२ मत ल्याएका छन् ।

जुम्लाको प्रदेश (ख) मा २० हजार ६१६ मत खसेको थियो । गठबन्धनबाट उम्मेदवार बने पनि एमालेका उम्मेदवारसँग पराजित भएका रोकाया कर्णाली प्रदेशका वर्तमान भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री हुन् । 





  • प्रकाशित मिति : मंसिर ७, २०७९ बुधबार १२:११:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया