माओवादीले सिन्धुलीबाट खोल्यो जितको खाता, लेखनाथ दाहाल ६ हजार मतान्तरले विजयी

सिन्धुली–२ प्रतिनिधसभा सदस्य निर्वाचनमा नेकपा माओवादी केन्द्रका लेखनाथ दाहाल निर्वाचित भएका छन् । उनी २७ हजार ५ सय १७ मतका साथ प्रतिनिधिसभा सदस्या निर्वाचित भएका हुन् । 

दाहाल एमालेका उम्मेदवार मनोजसंग थापाभन्दा ६ हजार १ सय ६२ को मतान्तरले निर्वाचित भएका मुख्य निर्वाचन अधिकृत उपेन्द्रप्रसाद गौतमले जानकारी दिए ।

थापाले २१ हजार ३ सय ५५ मत प्राप्त गरेका छन् । सिन्धुलीमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार अनोजकुमार दाहाल तेस्रो भएका छन् । 

उनले १ हजार ५ सय ५३ मत प्राप्त गरेका थिए । राप्रपाका भिष्मराज श्रेष्ठ भने चौथो भए । उनले १ हजार ३ सय ४० मत प्राप्त गरे । 





  • प्रकाशित मिति : मंसिर ७, २०७९ बुधबार १२:१७:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया