भर्जिनियाको वालमार्टमा अन्धाधुन्ध गोली प्रहार, १० जनाको मृत्यु

अमेरिकाको भर्जिनिया राज्यको चेसापेकमा रहेको वालमार्ट सुपरमार्केटमा बन्दुकधारीले १० जनाको हत्या गरेको त्यहाँको प्रहरीले जनाएको छ । पसलको म्यानेजर बताउने उनले पहिला गोली चलाएको र अन्त्यमा आफैँले आत्महत्या गरेको बताइएको छ । 

प्रहरी अधिकारीहरुका अनुसार १० जनाको हत्या हुँदा अन्य केही घाइते भएका छन् । स्थानीय समय अनुसार राति १० बजेको समयमा आक्रमण भएको प्रहरीले पत्रकारहरूलाई बताएका थिए ।

 पसल भित्र भएको उक्त घटनामा एक जना मात्रै संलग्न भएको बताइएको छ । त्यहाँको प्रहरीले घटनाको अनुसन्धान गर्दैछ । 





  • प्रकाशित मिति : मंसिर ७, २०७९ बुधबार १२:२५:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया