चालू आर्थिक वर्षमा नेपालको जलविद्युत उत्पादन क्षमता ३ हजार मेगावट पुग्ने
फाइल तस्बिर

नेपाल विद्युत प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङले चालू आर्थिक वर्षभित्र नेपालको जलविद्युत उत्पादन क्षमता ३ हजार मेगावट पुग्ने बताएका छन् । बुधबार राष्ट्रिय कर दिवसका अवसरमा उत्कृष्ट करदाता सम्मान कार्यक्रममा बोल्दै घिसिङले १५ वर्ष पूरा भएका जलविद्युत आयोजनाहरू सम्पन्न हुन लागेकाले चालू आर्थिक वर्षभित्र नेपालको जलविद्युत उत्पादन क्षमता ३ हजार मेगावट पुग्ने बताए । 

घिसिङले अबको ५/६ वर्षमा १५ हजार मेगावाट जलविद्युत उत्पादन क्षमता हुने बताए । १५ हजार मेगावाट विद्युत् उत्पादन पुग्दा करिब ५ अर्ब रूपैयाँ विद्युत प्राधिकरणबाट राजश्व संकलन हुने बताए । उनले जलविद्युत उत्पादन ३ हजार मेगावट पुग्दा ५० अर्ब राजश्व सरकारलाई तिर्नुपर्ने बताए । उनले सरकारलाई वार्षिक रूपमा १ अर्ब ७० करोड रुपैयाँ प्राधिकरणले राजश्व तिर्ने गरेको बताए । उनले विद्युत् प्राधिकरणले एउटा जलविद्युत आयोजनाबाट करिब ७० करोड रूपैयाँ राजश्व तिर्ने गरेको भन्दै १५ वर्ष नाघेका धेरै जलविद्युत आयोजनाहरू रहेकाले १० प्रतिशतले राजश्व बढेको बताए । 

प्रमुख कार्यकारी निर्देशक घिसिङले जलविद्युत आयोजनाहरूको प्रवर्द्धन गर्न सके राजश्वमा ठूलो योगदान पुग्ने बताए । उनले ३ वर्षभित्र ५ हजार मेगावाट उत्पादन क्षमता बन्ने बताए । उनले चालू आर्थिक वर्षको ५ महिनामा विद्युत निर्यातमार्फत  ११ अर्ब आम्दानी गरेको जानकारी दिँदै जलविद्युत मुलुकको समृद्धिको लागि महत्त्वपूर्ण रहेको बताए ।  





  • प्रकाशित मिति : मंसिर ७, २०७९ बुधबार १४:११:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया