ताप्लेजुङबाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका उम्मेदवार योगेश भट्टराई निर्वाचित भएका छन् ।
बुधबार केहीबेर अघि सकिएको मत गणनामा एमालेका सचिवसमेत रहेका भट्टराईले सत्ता गठबन्धनको समर्थन पाएका नेकपा माओवादी केन्द्रका खेलप्रसाद बुढाक्षेत्रीलाई २०४ मतान्तरले पराजित गरेका हुन् । भट्टराईले २१ हजार ९४३ मत ल्याएर विजयी हुँदा बुढाक्षेत्री २१ हजार ७३५ मतमा रोकिएका हुन् ।
२०७४ मा पनि निर्वाचित भएका भट्टराई ताप्लेजुङबाट लगातार दोस्रो पटक सांसद चुनिएका हुन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।