बाग्लुङ–१ बाट चित्रबहादुर केसी प्रतिनिधिसभा सदस्यमा निर्वाचित

जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी बाग्लुङ निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । राष्ट्रिय जनमोर्चाले बाग्लुङबाट प्रतिनिधिसभा सदस्यमा विजयी सुरुवात गरेको हाे । 

मुख्य निर्वाचन अधिकृतको कार्यालय बाग्लुङका अनुसार जनमोर्चाका केसी २१ हजार ४ सय ५१ मत ल्याएर निर्वाचित भएका हुन् । केसी सत्तारूढ गठबन्धनकाे साझा उम्मेदवार हुन् ।
 
उनले नेकपा एमालेका उम्मेदवार सूर्यप्रसाद पाठकभन्दा २ हजार ६ सय २६ को मत बढी पाए । पाठकले १८ हजार ८ सय २५ मत प्राप्त गरे ।
 
राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार खिमानन्द कँडेलले ९ हजार १ सय ८१ मत प्राप्त गरे भने राप्रपाका लक्ष्मीप्रसाद सापकोटाले ९ सय ३, नेपाली कांग्रेस (बिपी)का शिवलाल सापकोटाले १ सय २५ र स्वतन्त्र उम्मेदवार चन्द्रबहादुर क्षेत्रीले १ सय ९३ मत प्राप्त गरे । 





  • प्रकाशित मिति : मंसिर ७, २०७९ बुधबार १६:१४:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया