उपेन्द्र यादवलाई १८ हजार ६३ मतान्तरले हराउँदै डा. सिके राउत निर्वाचित

प्रतिनिधिसभातर्फ सप्तरीको निर्वाचन क्षेत्र नम्बर–२ मा जनमत पार्टीका अध्यक्ष डा. सिके राउत भारी मतान्तरले निर्वाचित भएका छन् ।
 
राउतले जनता समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री उपेन्द्र यादवलाई १८ हजार ६३ मतको अन्तरले पराजित गरेका हुन् । 

राउतले ३५ हजार ४२ मत ल्याएर निर्वाचित हुँदा उनका निकटतम प्रतिद्वन्द्वी यादव भने १६ हजार ९७९ मतमा सीमित भएका हुन् ।
 
यस्तै, पाँचदलीय गठबन्धनबाट लोकतान्त्रिक समाजवादी पार्टीका जयप्रकाश ठाकुर ७ हजार ३४७ मत ल्याएर तेस्रो स्थानमा रहेका छन् ।





  • प्रकाशित मिति : मंसिर ७, २०७९ बुधबार १६:२०:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया