पश्चिम नवलपरासीको संघीय निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार ध्रुवबहादुर प्रधानको फराकिलो मतान्तरले अग्र स्थानमा छन् । दोस्रो स्थानमा नेपाली कांग्रेसका उम्मेदवार देवेन्द्र राज कँडेल छन् ।
जिल्ला निर्वाचन कार्यालयबाट प्राप्त पछिल्लो तथ्यांक अनुसार राप्रपाका उमेदवार प्रधानले १५ हजार ८९० मत प्राप्त गरेका छन् भने कांग्रेसका उम्मेदवार पूर्वमन्त्री देवेन्द्रराज कँडेलले ८ हजार ३३९ मत पाएका छन् ।
नेकपा एमालेका उम्मेदवार दीपेन्द्र अधिकारी ८ हजार ३८७ मत प्राप्त गरी तेस्रो स्थानमा छन् । प्रदेश सभा २ (क)मा पनि राप्रपाका उम्मेदवार आशिष प्रधानको अग्रता छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।