फिफा विश्वकप : माेरक्काेसँग बराबरीमा राेकियाे क्राेएसिया

कतारमा जारी फिफा विश्वकपमा साविक उप विजेता क्राेएसिया माेरक्काेसँग बराबरीमा राेकिएकाे छ । ऊ समूह`एफ´अन्तर्गत आज सम्पन्न खेलमा गाेलरहित बराबरीमा राेकिएकाे हाे ।

अल बायत स्टेडियममा दुवै टाेलीले पाएका केही अवसरलाई सदुपायाेग गर्न नसक्दा अंक बाँड्न बाध्य बने ।

पहिलाे हाफकाे थप गरिएकाे समयमा निकाेला भ्लासिचकाे प्रहारलाई  माेरक्काेका गाेलरक्षक यासिन बोनुले उत्कृष्ट बचाउ गर्दै टाेलीकाे खतरा टारे ।

६४औं मिनेटका हाकिम जियाचकाे प्रहारलाई क्राेएसियाका गाेलरक्षक डाेमाेनिक लिभाकाेभिचले बचाउ गरेका थिए ।

याे नतिजासँगै दुवै टाेलीले १/१ अंक बाँडेका छन् ।





  • प्रकाशित मिति : मंसिर ७, २०७९ बुधबार १७:४५:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया