प्रतिनिधि सभामा राप्रपाका को को हुने सम्भावना बढेको छ ?

४ मंसिरमा भएको आम निर्वाचनको मत परिणाम आउने क्रम जारी छ । 

यो निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि यसअघि २०७४ सालमा भएको निर्वाचनभन्दा राम्रो प्रदर्शन गरेको छ । प्रदेश सभामा पनि उसको उल्लेख्य प्रगति देखिएको छ ।

अहिलेसम्म राप्रपाबाट एक जना विजयी घोषित भइसकेका छन् । उनी हुन्, बाँके क्षेत्र नम्बर २ का धवलशम्शेर जबरा । उनले २९५७७ मत ल्याएर जनता समाजवादी पार्टीका मोहम्मद इश्तियाक राईलाई पराजित गर्दै आफ्नो स्थान सुरक्षित गरेका छन् ।

यो पार्टीका चितवन क्षेत्र नम्बर ३ का उम्मेदवार विक्रम पाण्डे पनि अगाडि देखिएका छन् । उनको र निकटतम प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका डा. भोजराज अधिकारीको मतान्तर निकै फराकिलो भइसकेको छ । १५०५३ मत ल्याएका पाण्डेसँग अहिले अधिकारी ८३८० मतसहित प्रतिस्पर्धा गरिरहेका छन् । यही अनुपात हुने हो भने अबको संसदमा राप्रपाका पाण्डे पनि देखिनेछन् ।

राप्रपाका जुम्ला १ का उम्मेदवार ज्ञानेन्द्र शाही झन्डै तीन गुणा मतले अगाडि छन् । उनले १० हजार २६ मत ल्याउँदा नेकपा माओवादी केन्द्रकी गोमा गौतमले ४ हजार ४ सय ७० मत मात्र ल्याएकी छिन् । यो आधारमा शाही पनि अबको संसदमा हुनेछन् भन्ने अनुमान अहिले गर्दा अन्यथा नहोला ।

त्यस्तै, राप्रपाका उम्मेदवार ध्रुवबहादुर प्रधानले पनि जित निश्चित गरिसकेका छन् । नवलपरासी २ बाट उम्मेदवारी दिएका उनले नेकपा एमालेका दीपेन्द्र अधिकारीको भन्दा झन्डै दोब्बर मत ल्याइसकेका छन् । त्यसैले यसपटकको संसदमा उनी पनि देखिनेछन् ।



संसदमा राप्रपाबाट यसपटक दोहोरिने सम्भावना प्रवल बनाएका छन्, पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले पनि । उनले नेपाली कांग्रेसका कृष्णप्रसाद सिटौलालाई पछाडि पारेका छन् ।



  • प्रकाशित मिति : मंसिर ७, २०७९ बुधबार १८:१:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया