कांग्रेसबाट भावी प्रधानमन्त्री को ? गगनको घोषणाबारे छलफल गर्न भेटे शेरबहादुर, प्रकाशमान र रामचन्द्र

४ मंसिरमा भएको प्रतिनिधि सभा निर्वाचनको मत परिणाम आउने क्रम जारी छ ।

यहीबीचमा नेपाली कांग्रेसमा भित्रभित्रै भावी प्रधानमन्त्री को हुने भन्ने विषयमा छलफल सुरु भएको छ । यसका लागि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेताहरु रामचन्द्र पौैडेल र प्रकाशमान सिंहले अनौपचारिक छलफलसमेत सुरु गरिसकेका छन् ।

उनीहरुले यस विषयमा छलफल गर्न मंगलबार भेटघाट पनि गरेका थिए । 

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले निर्वाचनअघि नै आफू संसदीय दलको नेतामा प्रतिस्पर्धा गर्ने बताएका थिए । निर्वाचित भए पछि पनि उनले यसलाई दोहोर्याए । 

फलस्वरुपः देउवा, पौडेल र सिंहले मंगलबार बालुवाटारमा भेटेर यसबारे छलफल गरेका छन् । 

कांग्रेसमा देउवा फेरि प्रधानमन्त्रीमा दोहोरिन चाहन्छन् । रामचन्द्र पौडेलले पनि बारम्बार आफूले एकपटक देशको नेतृत्व गर्ने बताउँदै आएका छन् । र, प्रकाशमान सिंहले पनि मौका मिलेमा आफू प्रधानमन्त्रीका लागि योग्य भएको बताउँदै आएका छन् । 



यही विषयमा मंगलबार बालुवाटारमा भएको भेटघाटमा छलफल भएको कांग्रेसका एक नेताले बताए ।



  • प्रकाशित मिति : मंसिर ७, २०७९ बुधबार १८:११:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया