बाजुरामा प्रमुख जिल्ला अधिकारीलगायत सुरक्षा प्रमुखमाथि आक्रमण
फरकधार / ७ मंसिर, २०७९

बाजुरामा प्रमुख जिल्ला अधिकारी लगायत सुरक्षा प्रमुख, मुख्य निर्वाचन अधिकृतमाथि आक्रमण भएको छ।  जिल्ला समन्वय समितिको कार्यलय तथा मुख्य निर्वाचन अधिकृत कार्यलयबाट सर्वदलीय बैठक सकेर फर्कने क्रममा आन्दोलनकारीले आक्रमण गरेका हुन्। 



सदरमुकाम मार्तडीमा रहेको लोकतान्त्रिक चोकमा प्रमुख जिल्ला अधिकारी प्रकाश चन्द अधिकारी, मुख्य निर्वाचन अधिकृत ढाकाराम पौडेल, नेपाल प्रहरी, सशस्त्र प्रहरीका एसपी, डिएसपी तथा सुरक्षा प्रमुखमाथि आक्रमण भएको जिल्ला प्रशासन कार्यालय बाजुराका सूचना अधिकारी लोकेन्द्रबहादुर विष्टले जानकारी दिए । 

अनेरास्ववियुका कार्यकर्ताले प्रहरी, प्रशासनविरुद्ध नारा लगाइरहेका बेला ढुंगा प्रहार भएको विष्टले बताए। सुरक्षा निकायमाथि आक्रमण गर्नेको खोजी भइरहेको प्रहरीले जनाएको छ।





  • प्रकाशित मिति : मंसिर ७, २०७९ बुधबार २२:६:२६,   अन्तिम अपडेट : मंसिर ७, २०७९ बुधबार २२:८:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया