पर्सा क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका राजकुमार गुप्ता निर्वाचित भएका छन्।
गुप्ताले पाँचदलीय गठबनधनका उम्मेदवार सुरेन्द्र चौधरीलाई १ सय ५१ मतको अन्तरले पराजित गर्दै जित हात पारेका हुन्।
मतगणना सुरु भएदेखि नेपाली कांग्रेसका सुरेन्द्र चौधरी र एमालेका गुप्ताबीच निकै प्रतिस्पर्धा देखिएको थियो ।
गुप्ता २४ हजार २ सय ६० मतका साथ विजयी हुँदा चौधरीले भने २४ हजार १ सय ९ मत पाएका छन्। तेस्रो स्थानमा रहेका नेपाल सुशासन पार्टीका राज कुमार यादवले भने १ हजार ४२ मत पाएका छन्।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।