समानुपातिकमा कांग्रेसले कटायो ३ लाख मत

प्रतिनिधिसभा समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत नेपाली कांग्रेस ३ लाख मत कटाएको छ। कांग्रेसको समानुपातिकतर्फको मत ३ लाख ५ हजार २१ पुगेको छ। 

राति १० बजेसम्मको मतगणनामा नेकपा एमाले ३ लाख ३१ हजार १०६ मतसहित समानुपातिकतर्फ पहिलो दलका रुपमा देखिएको छ। 

राष्ट्रिय स्वतन्त्र पार्टी १ लाख ६८ हजार ४७५ मतका साथ समानुपातिकतर्फ तेस्रो स्थानमा छ। माओवादी केन्द्र १ लाख ४९ हजार ३३७ मतसहित चौथो स्थानमा छ। 

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ८७ हजार १६३ मत पाएर पाँचौँ स्थानमा, जनता समाजवादी पार्टी (जसपा) ३१ हजार ४६९ मतसहित छैटौँ स्थानमा छ । 

हालसम्म नेपाल मजदुर किसान पार्टीको २९ हजार ७६१, जनमत पार्टीको २३ हजार १८९ मत, नेकपा एकीकृत समाजवादी १९ हजार ५४१, नागरिक उन्मुक्ति पार्टीले १४ हजार ९६५ मत पाएको निर्वाचन आयोगले जनाएको छ।





  • प्रकाशित मिति : मंसिर ७, २०७९ बुधबार २३:३१:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया