अर्घाखाँचीबाट प्रतिनिधि सभामा नेकपा (एमाले)का उम्मेदवार टोपबहादुर रायमाझी विजयी भएका छन् । रायमाझी ४२ हजार ६ सय ७५ मत ल्याएर विजयी भएका हुन् ।
उनले निकटतम प्रतिस्पर्धी गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेस केन्द्रीय सदस्य तथा निवर्तमान उपसभामुख पुष्पा भुसाललाई १७ सय ३० मत अन्तरले पराजित गरे । भुसालले ४० हजार ९ सय ४५ मत प्राप्त गरिन् ।
रायमाझी ०६४, ०७०, ०७४ र ०७९ गरी ४ पटक विजयी भएका छन् । सो क्षेत्रमाराष्ट्रिय स्वतन्त्र पार्टीका हरिप्रसाद भुसालले ३ हजार १ सय ९९ मत प्राप्त गरेर तेस्रो स्थान पाए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।