प्रतिनिधि सभा निर्वाचनमा बझाङबाट नेकपा एकीकृत समाजवादीको नेता भानुभक्त जोशी विजयी भएका छन् ।
नेकपा एमाले उम्मेदवार ऐन महरलाई करिब एक हजार मतले पछि पार्दै जोशीले जित हात पारेका हुन् ।
अन्तिम मतपरिणाम अनुसार जोशीले २८ हजार १४३ मत प्राप्त गरेका छन् भने एमालेका महरले २७ हजार १४६ मत प्राप्त गरेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।