मकवानपुर प्रतिनिधि सभा क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेदवार महेश कुमार बर्तौला विजयी भएका छन् ।
लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवार नेकपा एकीकृत समाजवादीका विरोध खतिवडालाई भारी मतान्तरले पछि पार्दै बर्तौलाले जित हासिल गरेका हुन् ।
यहाँ खसेको ८६ हजार ६ सय ५२ मतमा बर्तौलाले ३४ हजार ९ सय १६ मत प्राप्त गरेका छन् ।
उनको प्रतिस्पर्धी खतिवडाले ३० हजार ३ सय ९६ मत प्राप्त गरेका छन् । बर्तौलाले खतिवडालाई ४ हजार ५ सय २१ मतान्तरको फरकले पछि पार्दै विजयी भएका हुन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।