मकवानपुर क्षेत्र नम्बर १ मा नेकपा एमालेबाट उम्मेदवार कमल थापाले हार स्विकारेका छन् । अझै पनि १६ हजार मत गणना हुन बाँकी रहेको अवस्थामा थापाले हार स्विकार गरेका हुन् ।
हेटौँडा बजार क्षेत्रमा राप्रपाका दिपकबहादुर सिंहले मतभार बढाउँदै लगेपछि थापाले हार स्विकार गरी स्टाटस लेखेका हुन् ।
पछिल्लो मतगणनाअनुसार अग्रतामा रहेकी कांग्रेस उम्मेदवार महालक्ष्मी उपाध्याय डीनाले २१ हजार ९ सय १० मत प्राप्त गरेकी छन् । उनलाई पछ्याउँदै कमल थापाले २० हजार ६ सय ४८ मत पाएका छन् ।
राप्रपाका सिंहले १९ हजार ७ सय ५६ मत प्राप्त गरेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।