चितवन–२ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने निर्वाचित हुने सुनिश्चित भएको छ ।
पछिल्लो मत परिणामअनुसार लामिछानेले २९ हजार २१६ मत प्राप्त गरेका छन् । उनलाई पछ्याइरहेका नेपाली कांग्रेसका उमेश श्रेष्ठले १३ हजार ५०३ र एमालेका कृष्णभक्त पोखरेलले १२ हजार ७७९ मत ल्याएका छन् ।
रविले अब गणना हुन बाँकी मतभन्दा बढी मतको अग्रता बनाएका छन् । अहिलेसम्म रास्वपाले पाँच क्षेत्रमा जिततिसकेको छ । साथै, ऊ ४ स्थानमा अग्रता लिइरहेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।