महोत्तरीको चारवटै क्षेत्रमा कसको अवस्था के छ?

प्रतिनिधिसभातर्फ महोत्तरीको चार निर्वाचन क्षेत्रमध्ये एकमा एमाले, एकमा लोसपा, एकमा जसपा र एकमा कांग्रेसका उम्मेदवार अगाडि रहेका छन् । महोत्तरीको निर्वाचन क्षेत्र नम्बर–१ मा प्रतिनिधिसभातर्फ नेकपा एमालेका उम्मेदवार लक्ष्मी महतो ९ हजार ४७३ मत प्राप्त गरि अग्रस्थानमा रहेका छन् भने उनलाई नेकपा माओवादी केन्द्रका उम्मेदवार गिरिराजमणि पोखरेलले ७ हजार ९८९ मतसहित पछ्याइरहेका छन् ।

प्रतिनिधिसभातर्फ महोत्तरीको निर्वाचन क्षेत्र नम्बर–२ मा लोसपाका वरिष्ठ नेता शरत सिंह भण्डारी करिब तेब्बर मतसहित अग्रस्थानमा रहेका छन् । भण्डारी १० हजार ९१६ मतसहित अग्रस्थानमा रहेका छन् । उनलाई नेकपा एमालेका उम्मेदवार डा. रामपरीक्षण यादवले ४ हजार ९८० मतसहित पछ्याइरहेका छन् । त्यस्तै, तमलोपाका डा. विजय कुमार सिंहले ४ हजार ८४४ मत पाएका छन् ।

त्यस्तै, प्रतिनिधिसभातर्फ महोत्तरीको निर्वाचन क्षेत्र नम्बर–३ मा पछिल्लो मतपरिणामाअनुसार त्यहाँ जसपाका हरिनारायण यादवले ७ हजार ५६० मत ल्याएर अग्रता बढाएका छन् भने उनलाई लोसपाका अध्यक्ष महन्थ ठाकुरले ७ हजार ४७२ मत ल्याएर पछ्याइरहेका छन् । 

त्यस्तै, स्वतन्त्र उम्मेदवार रामआधार कापरले ७ हजार ३६ मत ल्याएर तेस्रो स्थानमा झरेका छन् भने तमलोपाका अध्यक्ष वृषेशचन्द्र लालले ७०२ मत मात्र ल्याउन सकेका छन् ।

त्यस्तै, महोत्तरीको निर्वाचन क्षेत्र नम्बर–४ मा प्रतिनिधिसभातर्फ नेपाली कांग्रेसका महेन्द्र कुमार रायले १० हजार ८१५ मत प्राप्त गरि अग्रता कायम राखेका छन् ।

रायलाई जसपाका उम्मेदवार पूर्वस्वास्थ्य राज्यमन्त्री डा. सुरेन्द्र कुमार यादवले ७ हजार १९२ मत प्राप्त गरि पछ्याइरहेका छन् भने जनमत पार्टीका उम्मेदवार मनोज कुमार साहले ३ हजार २८० मत ल्याएका छन् ।



प्रदेशसभामा के छ अवस्था?

प्रदेशसभातर्फ महोत्तरी क्षेत्र नम्बर–१ (क) को मतगणना अझै सुरु हुन सकेको छैन् । उता, क्षेत्र नम्बर–१ (ख)को पछिल्लो मतपरिणामअनुसार माओवादी केन्द्रका उम्मेदवार रहेका मधेस प्रदेशका गृह तथा सञ्चारमन्त्री भरतप्रसाद साह ६ हजार ७ मत प्राप्त गरेर अग्रता कायम गरेका छन् भने जसपाका राम श्रेष्ठ महतो ५ हजार ७७ मत प्राप्त गरेर उनलाई पछ्याइरहेका छन् ।



त्यस्तै, स्वतन्त्र उम्मेदवार विनोद कुमार महतोले ३ हजार ४६७ मत पाएका छन् । प्रदेशसभातर्फ महोत्तरी–२ को (क) मा लोसपाका जयनुल राइन ७ हजार ७८१ मतसहित अग्रता कायम गरेका छन् भने उनलाई नेकपा एसकी मञ्जु कुमारी यादव ५ हजार २५१ मत ल्याएर पछ्याइरहेकी छन् । त्यस्तै, जसपाका उम्मेदवार धमेन्द्र कुमार साहले २ हजार ४१० मत पाएका छन् ।

महोत्तरी–२ को (ख)मा स्वतन्त्र उम्मेदवार सुरिता साह ६ हजार ६१७ मतसहित अग्रस्थानमा रहँदा नेपाली कांग्रेसका नागेश्वर यादवले ५ हजार १५३ मत पाएका छन् । त्यस्तै, जनमतका कोमल यादवले २ हजार ७७४ मत पाएका छन् ।

प्रदेशसभातर्फ महोत्तरी–३ को (क)मा लोसपाका अभिराम शर्मा ९ हजार ८९२ मत ल्याएर निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी जसपाका दीपेन्द्र झाले ९ हजार ७१८ मत प्राप्त गरेका छन् ।

त्यस्तै, ३ को (ख)मा लोसपाकी रानी शर्मा तिवारी ६ हजार ४१४ मत प्राप्त गरि निर्वाचित भएकी छन् । उनका निकटतम् प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार उज्ज्वल झाले ५ हजार ४८९ मत पाएका छन् । त्यस्तै, नेकपा एमालेका रामदयाल मण्डलले ४ हजार ५६७ मत पाएका छन् ।

प्रदेशसभातर्फ महोत्तरी–४ को (क) मा नेकपा एमालेका सरोज कुमार यादव ८ हजार ६३१ मतसहित अग्रस्थानमा रहेका छन् भने उनलाई लोसपाका कौशल कुमार यादवले ६ हजार ५०१ मत प्राप्त गरि पछ्याइरहेका छन् । त्यस्तै, जनमत पार्टीका उम्मेदवार रामस्नेही यादवले ४ हजार ३८३ मत मात्र ल्याउन सकेका छन् ।

महोत्तरी–४ को (ख) मा माओवादी केन्द्रका लालेन्द्र कुमार मण्डल ७ हजार ४४७ मत ल्याएर अग्रता कायम गरेका छन् भने उनलाई जसपाका उम्मेदवार सरोज कुमार सिंहले ७ हजार ४२ मत प्राप्त गरि पछ्याइरहेका छन् ।

  • प्रकाशित मिति : मंसिर ८, २०७९ बिहीबार ११:५९:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया