डडेल्धुरामा प्रदेश सभामा स्वतन्त्र उम्मेदवार जोशी विजयी, कांग्रेसका मन्त्री बोहरा पराजित

प्रधानमन्त्री एंव नेपाली कांग्रेसका पार्टी सभापति शेरबहादुर देउवाको निर्वाचन डडेल्धुरामा प्रदेश सभामा स्वतन्त्र उम्मेदवार निर्वाचित भएका छन् । जिल्लाको प्रदेशसभा–२ मा स्वतन्त्र उम्मेदवार डा. ताराप्रसाद जोशी विजयी भएका छन् । उनले ११ हजार १ सय ७० मत ल्याउँदै प्रदेशसभा सदस्यमा विजयी भएका हुन् । जोशीले नेकपा एकीकृत समाजवादीले टिकट नदिएपछि स्वतन्त्र उम्मेदवारी दिएका थिए ।

उनले प्रतिस्पर्धी वाम–लोकतान्त्रिक गठबन्धन नेपाली कांग्रेसका उम्मेदवार गोविन्दराज बोहरालाई ४ सय ८० मतले पराजित गरेका छन । बोहराले १० हजार ९ सय ७० मत पाए । बोहरा सुदूरपश्चिम प्रदेश सरकारका बहालवाला सामाजिक विकास मन्त्रीसमेत हुन् ।

०७४ सालको निर्वाचनमा यहाँ काँग्रेसका कर्णबहादुर मल्ल विजयी भएका थिए । मल्ल वामगठबन्धनका तत्कालीन उम्मेदवार ताराप्रसाद जोशीलाई ३५८ मतले पछि पार्दै विजयी भएका थिए । मल्लले १३ हजार ४ सय १३ मत प्राप्त गर्दा जोशीले १३ हजार ५५ मत पाएका थिए ।

मल्लले यस पाली विपि कांग्रेसबाट प्रतिनिधि सभामा उम्मेदवारी दिएका थिए । उनी शेरबहादुर देउवा सँग पराजित भए । 





  • प्रकाशित मिति : मंसिर ८, २०७९ बिहीबार १३:११:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया