सर्लाही १ बाट लोसपाका चौधरी निर्वाचित हुँदा अन्य क्षेत्रमा को छन् अगाडि?

सर्लाही क्षेत्र नम्बर–१ बाट प्रतिनिधिसभा सदस्यमा लोकतान्त्रिक समाजवादी पार्टीका रामप्रकाश चौधरी निर्वाचित भएका छन् । चौधरीले स्वतन्त्र उम्मेदवार मानबहादुर खड्कालाई ६ हजार ४३४ मतान्तरले पराजित गरेका हुन् ।चौधरीले २४ हजार ८३८ मत पाउँदा खड्काले १८ हजार ४०४ मत पाएका छन् ।

त्यस्तै, जनता समाजवादी पार्टीका प्रमोद साहले १४ हजार २५५ मत पाएका छन् भने जनमत पार्टीका जनराम विश्वास रायले १ हजार २१६ मत ल्याएका छन् । त्यस्तै, सर्लाही–२ मा प्रतिनिधिसभातर्फ नेकपा माओवादी केन्द्रको चुनाव चिन्हमा निर्वाचन लडेका नेपाल समाजवादी पार्टीका महिन्द्र राय यादवले ७ हजार ८०४ मत पाएर अग्रस्थानमा रहेका छन् । 

यादवलाई लोसपाका बरिष्ठ नेता राजेन्द्र महतोले ७ हजार ५७४ मतका साथ पछ्याइरहेका छन् । त्यस्तै, नेकपा एमालेका राजनारायण साहले ६ हजार ४४४ मत पाएका छन् । प्रतिनिधिसभातर्फ सर्लाही क्षेत्र नम्बर–३ मा नेकपा एमालेका हरिप्रसाद उप्रेती २० हजार १०७ मतसहित अग्रता बढाउँदा नेकपा माओवादी केन्द्रका उम्मेदवार नरेन्द्र साह कलवार १७ हजार ६१५ मत पाएर उनलाई पछ्याइरहेका छन् । त्यस्तै, जनमत पार्टीका त्रिभुवन कुमार सिंहले २ हजार ७७० मत पाएका छन् । 

सर्लाही क्षेत्र नम्बर–४ को ताजा मतपरिणामअनुसार स्वतन्त्र उम्मेदवार अमरेश कुमार सिंहले १० हजार ८७८ मत पाएर अग्रता कायम गरेका छन् । सिंहलाई नेपाली कांग्रेसका नागेन्द्र यादवले १० हजार ११९ मतसहित पछ्याइरहेका छन् । त्यस्तै, स्वतन्त्र उम्मेदवार मधुमाला कुमारी यादवले ७ हजार ९०६ मत पाएकी छन् । 

प्रदेशसभामा पाँच क्षेत्रको नतिजा सार्वजनिक 
प्रदेशसभातर्फ सर्लाहीको आठ निर्वाचन क्षेत्रमध्ये समाचार तयार पार्दासम्म पाँचवटाको नतिजा सार्वजनिक भएको छ । सर्लाही क्षेत्र नम्बर–१ (क) मा लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदवार उपेन्द्र महतो १२ हजार २६५ मतसहित दोस्रोपटक निर्वाचित भएका छन् । 

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका उम्मेदवार रामचन्द्र सिंह कुशवाहाले १० हजार १३७ मत प्राप्त गरेका छन् भने जसपाका अहमद मिया मुकेरी ४ हजार ३१ म्त पाएर तेस्रो स्थानमा सिमित रहे । 



सर्लाहीको–१ (ख) मा नेकपा एकीकृत समाजवादीका उम्मेदवार वेची लुङ्गेली विजयी भएकी छन् । लुङ्गेली १३ हजार ३०१ मत ल्याएर प्रदेशसभामा निर्वाचित भएकी हुन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार शान्तिकुमारी लामाले ६ हजार ९१३ मत प्राप्त गरेकी छन् । स्वतन्त्र उम्मेदवार राजन कुमार श्रेष्ठले ५ हजार ६५३ मत पाएका छन् । 

सर्लाही–२ को (क)मा नेपाली कांग्रेसका जंगीलाल रायले ५ हजार ३६७ मत प्राप्त गरेर अग्रता बढाउँदा जनमत पार्टीका भरत चौधरीले ४ हजार ७८५ मत पाएका छन् । त्यस्तै, नेकपा माओवादी केन्द्रका सुनिल कुमार साहले ३ हजार ९९४ मत पाएका छन् । 



समाचार तयार पार्दासम्म सर्लाही–२ को (ख)को मतगणना सुरु हुन सकेको छैन् । त्यस्तै, सर्लाही–३ को (क)मा स्वतन्त्र उम्मेदवार जवाहर लाल कुशवाहाले १५ हजार ३०६ मत ल्याएर अग्रता कायम गरेका छन् । कुशवाहालाई नेकपा एमालेका उम्मेदवार गणेश प्रसाद प्रसाईले १३ हजार ८६७ मतसहित पछ्याइरहेका छन् । 

सर्लाहीको निर्वाचन क्षेत्र नम्बर–३ को (ख)मा जसपाका संजय कुमार यादव निर्वाचित भएका छन् । यादवले १३ हजार १९० मत ल्याएर विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार सरोज कुमार रायले ८ हजार ३४८ मत पाएका छन् । त्यस्तै, नेपाली कांग्रेसका हरेश प्रसाद महतोले ८ हजार ३५ मत प्राप्त गरेका छन् । 

प्रदेशसभातर्फ सर्लाही–४ को (क)मा नेपाली कांग्रेसका विरेन्द्र प्रसाद सिंह पुनः विजयी भएका छन् । सिंहले १५ हजार ६९३ मत ल्याएर विजयी भएका छन् । सिंहका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका रामबाबु रायले १४ हजार ६१६ मत प्राप्त गरेका छन् । त्यस्तै, जनमत पार्टीका उम्मेदवार प्रमोद कुमार रायले २ हजार ३८८ मत मात्र प्राप्त गरेका छन् ।

सर्लाही–४ (ख) मा नेकपा माओवादी केन्द्रका उम्मेदवार फकिरा महतो विजयी भएका छन् ।  महतो ८ हजार ३३ मत ल्याएर विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार अनिता देवी यादवले ७ हजार ६७६ मत प्राप्त गरेकी छन् । त्यस्तै, जनमत पार्टीका उम्मेदवार संजय कुमार सिंहले ५ हजार १४७ मत पाएका छन् 

  • प्रकाशित मिति : मंसिर ८, २०७९ बिहीबार १४:२५:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया