मधेस प्रदेशको ६४ मध्ये ३२ प्रदेशसभा क्षेत्रको परिणाम सार्वजनिक

मधेस प्रदेशको ६४ प्रदेशसभा क्षेत्रमध्ये ६० वटामा मतगणना जारी रहँदा अहिलेसम्म ३२ वटाको मत परिणाम सार्वजनिक भएको छ । अहिलेसम्म सार्वजनिक मतपरिणाम अनुसार नेपाली कांग्रेसले सबैभन्दा बढी ७ वटा प्रदेशसभा क्षेत्रमा जीत हासिल गरेको छ । 

यसले मधेस प्रदेशसभामा नेपाली कांग्रेस सबैभन्दा ठूलो दल बन्न लागेको संकेत गरिरहेको छ । अहिलेसम्म सार्वजनिक भएको मतपरिणाम अनुसार नेकपा एमालेले ५, जनमत पार्टीले ५, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीले ४/४ प्रदेशसभा क्षेत्रमा जीत हासिल गरेको छ । 

नेपाली कांग्रेसले ५, नेकपा एमालेले ६, जनमत पार्टी १, जसपा ४ र लोसपाले ४ क्षेत्रमा अग्रता कायम गरेको छ । माओवादी केन्द्रले ३ प्रदेशसभा क्षेत्रमा जीत निकालेको छ भने दुई प्रदेशसभा क्षेत्रमा अग्रता कायम गरेको छ । 

नेकपा एकिकृत समाजवादीले दुईवटा प्रदेशसभा क्षेत्रमा जीत हासिल गरेको छ भने दुई क्षेत्रमा अग्रता कायम गरेको छ । त्यस्तै दुई प्रदेशसभा क्षेत्रमा स्वतन्त्र उम्मेदवारहरुले जीत निकालेका छन् भने ४ वटा प्रदेशसभा क्षेत्रमा स्वतन्त्र उम्मेदवारहरुले अग्रता कायम राखेका छन् । 





  • प्रकाशित मिति : मंसिर ८, २०७९ बिहीबार १४:२८:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया