निर्वाचनको परिणाम सुखद् आएन, धेरै ठाउँमा धाँधली भयाे : ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनको परिणाम सुखद् नभएको बताएका छन्। बिहीबार झापामा निर्वाचित भएको प्रमाणपत्र बुझ्न आयोजित कार्यक्रममा उनले निर्वाचन परिणामले देश अस्थिरतातर्फ जाने खतरा बढेको दाबी गरे । 

यही अवस्थामा मिलीजुली सरकार मात्र बन्ने अवस्था रहेको भन्दै उनले सरकार अस्थिरतातर्फ जाने खतरा देखिएकाे बताए । 

निर्वाचनमा धेरै ठाउँमा धाँधली भएको आरोप लगाउँदै अध्यक्ष ओलीले भने, ‘यो परिणाम अपेक्षित छैन। धेरै ठाउँमा धाँधली भएको छ। हामी धाँधली भएका ठाउँमा पुनः निर्वाचनको माग गर्छौं।’

अब मुलकमा पुनः फोहोरी खेल सुरु भएको जिकिर गर्दै उनले भने,‘पछिल्लो दुई वर्षमा मुलुकमा जस्तो फोहोरी खेल भएको थियो, अब त्यही दोहोरिनेछ। क्षमताको आधारमा जिम्मेवारी दिनेभन्दा टाउको गनेर मोलमोलाइ गर्ने समय आएको छ ।’





  • प्रकाशित मिति : मंसिर ८, २०७९ बिहीबार १६:४८:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया